काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि गरिने अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क लगायतका अन्तर्राष्ट्रिय भुक्तानीमा विशेष सहुलियत उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिसा शुल्क, बीमा शुल्कलगायत विभिन्न सेवाको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
बैंकका अनुसार यो योजना अन्तर्गतको छुट सन् २०२६ जुलाई ३१ सम्म लागू रहनेछ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा देशभर रहेका आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यस योजनासम्बन्धी विस्तृत जानकारी तथा सेवा उपलब्ध हुने शाखा कार्यालयहरूको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।