काठमाडौं । डिसहोम इन्टरनेटले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘भ्यालेन्टाइन डे स्पेसल अफर’ अन्तर्गत उच्च गतिको इन्टरनेट सेवामा आकर्षक सुविधा उपलब्ध गराएको हो ।
यस अफर अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट प्याकेजको एक वर्षको नयाँ जडान तथा रिन्यु (नविकरण) गर्ने ग्राहकलाई निःशुल्क फ्री फोके स्ट्रिमर उपलब्ध गराइनेछ ।
त्यसैगरी, १००, २०० तथा ३०० एमबीपीएस स्पिडका नियमित वार्षिक प्याकेज रिचार्ज गर्ने ग्राहकलाई थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेटसँगै डिजिटल मनोरञ्जनमा समेत सहज पहुँच उपलब्ध गराउने उद्देश्य राखिएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको यो अफर सीमित समयका लागि लागू हुने बताइएको छ ।