काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय भएको घरमा ढुंगा प्रहार भएको छ । कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रास्वपाको कार्यालय रहेको छ ।
रास्वपाका उम्मेदवार शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेका थिए ।
झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ ।
‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने,’ करिब सबा १२ बजे उक्त घटना घटेको हो ।’
झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् । घटनास्थलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।