मतदाताको गोपनीयता भंग नगर्न सञ्चारमाध्यमलाई मोरङ निर्वाचन कार्यालयको निर्देशन

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय मोरङले फेसबुक, युट्युब र सामाजिक सञ्जालमार्फत मतदाताको गोपनीयता भंग नगर्न अनलाइन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । 

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन सञ्चारमाध्यमले मतदाताहरूको गोपनीयताको हक भंग गरिरहेको आयोगले जनाएको छ । 

कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरेर मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको आयोगले उल्लेख गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघन भएकाले यस प्रकारको कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने आयोगले बताएको छ ।

null

Share News