नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ओम हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, उनीहरूका परिवार तथा बैंकमा खाता रहेका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गराउँदा बिल रकममा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) यमबहादुर महतले हस्ताक्षर गरे ।

यस सम्झौतासँगै नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा बैंकका खाताधनी ग्राहकहरूलाई गुणस्तरीय र सहुलियतपूर्ण स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास गरिएको छ । 
 

Share News