काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।
युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको हो ।
नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकवर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् ।
विश्वभरका लाखौं व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ ।
यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन् । इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ ।
बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।