काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । चाँदीको मूल्यले गत पुस १४ गते कायम प्रतितोला ४ हजार ९३५ रुपैयाँको मूल्यलाई बराबरी गर्दै नयाँ उचाइ बनाएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।