काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा साढे ५० लाखभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् ।
सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । यो तथ्यांक आगमन र प्रस्थान गर्ने दुवैको संख्या हो । क्यानका अनुसार सन् २०२५ मा सन् २०२० को तुलनामा ३४९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ लाख ५ हजार ८५८ जनाले यात्रा गरेका थिए ।
तथ्यांकअनुसार हरेक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या बढ्दो क्रममा देखिन्छ । तथ्यांकअनुसार सन् २०२२ मा २२ लाख २३ हजार ३३३ यात्रुले विमानस्थलबाट यात्रा गरेका छन् । सन् २०२३ मा यो संख्या दोब्बरले बढेको छ । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा ४३ लाख २९ हजार ४ सय जना यात्रुले आवतजावत भएका छन् ।

आन्तरिकतर्फ ४५ लाख पर्यटकले गरे यात्रा
वर्षभरिमा त्रिभुवन विमानस्थलबाट ४५ लाख १९ हजार ३२२ जना आन्तरिक यात्रुले आवतजावत गरेका छन् । यो संख्या आव २०२० को तुलनामा २२१.४८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा १४ लाख ५ हजार ७७७ जनाले यात्रा गरेका छन् । सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा धेरै यात्रुले आन्तरिकमार्फत यात्रा गरेका छन् । उक्त वर्षमा ४९ लाख १३ हजार ३५७ जना पर्यटकले यात्रा गरेका छन् ।
सन् २०२१ मा त्रिभुवन विमानस्थलबाट ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जना यात्रुले यात्रा गरेका छन् ।

कुन विमानस्थलबाट कति पर्यटकले यात्रा गरे ?
क्यानको तथ्यांकअनुसार भैरहवा विमानस्थलबाट सन् २०२३ र २०२४ मा मात्रै अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन् । तथ्यांकअनुसार उक्त विमानस्थलबाट सन् २०२३ मा २ हजार ३ सय १५ र सन् २०२४ मा ९ हजार २०२ जना यात्रुले आवतजावत गरेका छन् ।
आन्तरिकतर्फ सन् २०२४ मा ६ लाख १० हजार ४३७ जनाले यात्रा गरेका छन् । सन् २०२० मा उक्त विमानस्थलबाट १ लाख ८१ हजार ७०३ जना यात्रुले आवतजावत गरेका थिए । तथ्यांकअनुसार गौतमबुद्ध विमानस्थलबाट सन् २०२१ मा ५ लाख ५८ हजार र सन् २०२३ मा ५ लाख ४९ हजार यात्रुले यात्रा गरेका छन् ।
एक वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख १६ हजार, नेपालगञ्ज एयरपोर्टबाट ४ लाख ९९ हजार, विराटनगर एयरपोर्टबाट ६ लाख ५९ हजार, चन्द्रगढी एयरपोर्टबाट ३ लाख ७२ हजार आन्तरिक यात्रुले यात्रा गरेका छन् ।
त्यस्तै, लुक्ला एयरपोर्टबाट २ लाख ४ हजार, भद्रपुर एयरपोर्टबाट २ लाख ३४ हजार, सुर्खेत एयरपोर्टबाट १ लाख ५९ हजार, जनकपुरबाट २ लाख ९५ हजार, सिमराबाट २ लाख ७३ हजार, धनगढी एयरपोर्टबाट २ लाख ८५ हजार यात्रुले यात्रा गरेका छन् ।
जोमसोम एयरपोर्टबाट २४ हजार, जुम्ला एयरपोर्टबाट ११ हजार, रामेछाप एयरपोर्टबाट ४६ हजार, सिमकोट एयरपोर्टबाट १६ हजार, फाप्लु एयरपोर्टबाट ११ सय, बाजुरा एयरपोर्टबाट ८८ हजार यात्रुले यात्रा गरेका छन् ।
त्यसैगरी, एक वर्षमा डोल्पाबाट ५ हजार, सल्लेबाट २ हजार, तुम्लिङटार एयरपोर्टबाट ३१ हजार, ताप्लेजुङबाट २ हजार, राराबाट ८ हजार, भोजपुरबाट ४ हजार, राजविराजबाट ३६ हजार, गुलीमीबाट १ हजार साँफेबजारबाट ७५१, दाङबाट ७७६, खानीडाँडाबाट ७५२, बझाङबाट २ हजार, इलामबाट ५३१ र थामखर्कबाट ६२ जना आन्तरिक यात्रुले यात्रा गरेका छन् ।
२०२५ मा पर्यटन क्षेत्रलाई फर्केर हेर्दा