एकैदिन सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार प्रतितोला १८५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

Share News