देश विकासमा ‘विकास नायक’हरूको योगदान महत्वपूर्ण छः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आ–आफ्नो क्षेत्रका धुरन्धर व्यक्तित्वहरूलाई विकास नायकका रूपमा सम्मान गरिएको बताउँदै समाज र देश विकासमा उनीहरूले पुर्याएको योगदान बलियो रहेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

अर्थमन्त्री  खनालले राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, स्वास्थ्य सेवा क्षेत्रबाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाललाई विकास नायक २०८२ सम्मान गरेका थिए ।  

यस्तै, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसायबाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की, र कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त विकास नायकबाट सम्मानित भएका हुन् ।

'विकास नाकय अवार्डबाट सम्मानित व्यक्तिहरुलाई व्यक्तिगत रुपमा म आफै पनि चिन्दछु । उहाँहरुले आ आफ्‌नो धेरै महत्वपूर्ण कामहरु गर्नु भएको छ । जिम्मेवार  सञ्चार गृहले उहाँरुको काम र र प्रभावका रिपोटिङ गर्नु, उहाँहलाई सम्मान गर्नु सकारात्मक कार्य हो-उनले भने ।

अर्थमन्त्री खनालले पछिल्लो समय युवाहरूमा असन्तुष्टि विभिन्न समयमा विभिन्न रूपमा प्रकट भइरहेको उल्लेख गरे । उनका अनुसार आम नागरिकलाई सुशासन दिन सक्ने, सीमित स्रोत र सम्पत्तिको अधिकतम उपयोग गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

null‘म आफैँसँग पनि विकासका सबै सूत्रहरू छैनन्,’ उनले स्पष्ट पारे, ‘तर सही नेतृत्व र सही निर्णयले देशलाई सही दिशामा अघि बढाउन सकिन्छ ।’

उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिकहरूले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी असल सरकार निर्माणका लागि मत व्यक्त गर्न आग्रह गरे । 

‘कस्तो व्यक्ति सत्तामा पुग्नुपर्छ भन्ने निर्णय गर्ने अधिकार जनताकै हातमा छ । फागुन २१ गतेको निर्वाचनबाट जिम्मेवार र सक्षम सरकार निर्माणका लागि आफ्नो मत प्रकट गर्नुहोला,’ उनले आग्रह गरे ।

अवार्डबाट व्यक्ति तथा संस्थाहरूले आ-आफ्नो क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरेको विकास नायक छनोट समितिका संयोजक कृष्णहरि बास्कोटाले बताए ।

Share News