सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यसअघि भने सुनको मूल्यमा गिरावट आएको थियो । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा पछिल्लो समय दैनिक उतार–चढाव देखिँदै आएको छ ।

Share News