काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड गरेको छ । कम्पनीको आईपीओ पुस १७ गतेका दिन बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
कम्पनीले गत पुस ३ गतेदेखि पुस ७ गतेसम्म सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई बिक्री खुला गरेको थियो ।
उक्त अवधिमा कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिएका लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको हो । १० हजार जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गरेको कम्पनीले जनाएको छ ।
आईपीओ रिजल्ट कुमारी क्यापिटल लिमिटेडको वेबसाइट, सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सीडीएससीको मेरोसियर पोर्टल तथा आईपीओ रिजल्ट मार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । आईपीओ नपरेका लगानीकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।