हिमालय रोडिज सिजन ७ सम्पन्न, अनिश तामाङ बने विजेता

काठमाडौं । नेपालकै लोकप्रिय एडभेन्चर रियालिटी शो हिमालय रोडिज को सातौँ सिजन ग्रान्ड फिनाले प्रसारणसँगै सम्पन्न भएको छ । १४ पुस २०८२ मा फिनाले प्रसारण भएसँगै पुरस्कार हस्तान्तरण समारोहमार्फत सिजनको औपचारिक समापन गरिएको हो ।

समारोहमा अनिश तामाङलाई सिजन ७ को विजेताका रूपमा औपचारिक रूपमा पुरस्कार प्रदान गरिएको छ । टाइटल प्रायोजक यामाहा रेसिङले तामाङलाई पर्फर्मेन्स, पावर र राइडिङको रोमाञ्च झल्काउने मोटरसाइकल यामाहा एफजेड–३ प्रदान गरेको छ । साथै, कार्यक्रमको प्रसारक हिमालय टिभीले उनको मेहनत र उपलब्धिको कदर गर्दै १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विजेता तामाङलाई यामाहा एफजेड–३ हस्तान्तरण गरेका थिए ।

यामाहा प्रेसेंट्स हिमालय रोडिज सिजन ७ : हेल ओर हेभन सेप्टेम्बर १, २०२५ देखि प्रसारण सुरु भएको थियो । यस सिजनमा जम्मा १८ वटा एपिसोड प्रसारण भएका थिए ।

Share News