सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाले दिए राजीनामा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजीनामा दिएका छन् ।

देवकोटाले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका हुन् । बैंक सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उनको राजीनामा आगामी माघ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

बैंकले देवकोटाको राजीनामासँगै आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको जनाएको छ ।    

Share News