सप्तरीमा कजारियाको नयाँ शोरुम उद्घाटन

सप्तरी । प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरीको भार्दहमा नयाँ शोरुम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ । 

सोमबार त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन समारोहमा त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथि, व्यवसायिक साझेदार तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । 

३ हजारभन्दा बढी डिजाइन विकल्पहरूसहित कजारियाले सौन्दर्य, मजबुती र दिगो प्रदर्शनलाई समेट्ने टायलमार्फत आन्तरिक सजावटलाई नयाँ आयाम दिँदै आएको छ 

हाल नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरुम र १०० भन्दा बढी अधिकृत डिलरहरूमार्फत कजारिया टायल्स वितरण भइरहेको छ ।

कजारियाका उत्पादन दायरामा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० सेमी, ६०×६० सेमी, १९.५×१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० सेमी) तथा सिरेमिक वाल टायल (३०×६० सेमी, ३०×४५ सेमी) समावेश छन् । सबै पानी प्रतिरोधी, दाग नलाग्ने, टिकाउ र आकर्षक डिजाइनयुक्त छन् ।

Share News