काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा सजिलै रेमिट्यान्स पठाउन सक्ने वातावरण बनाउन स्मार्ट पेसँग सहकार्य गर्दै रेमिट्यान्स सेवाको सुरुवात गरेको हो ।
सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार युरोपेली देशमा रहेका नेपालीहरुले स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप र अनलाइन सेवाहरू मार्फत बैंकमा सजिलै रेमिट गर्न सक्नेछन् । पठाइएको रकम नेपालभित्र बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।
साथै, स्मार्ट पे र माछापुच्छ्रे बैंक मार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।