हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

Share News