कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : संक्षिप्त महाधिवेशनमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संक्षिप्त महाधिवेशनको तालिकामा छलफल सुरु गरेको छ । मंसिर १५ मा सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न असम्भव भएकोले कार्यतालिकामा परिवर्तन गर्नेगरी छलफल सुरु गरिएको हो ।

पार्टीले मंसिर १५ गते सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गरी ६ तहको अधिवेशन सम्पन्न गरेर पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने योजना बनाएको थियो । 

तर हालसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम पूरा हुन सकेको छैन । सदस्यता वितरणमा ढिलाइ भएकोले प्रारम्भिक कार्यतालिका प्रभावित भएको छ ।

यसलाई मध्यनजर गर्दै बैठकमा अब वडा अधिवेशनको मिति केही पर सार्ने र तीन तहको अधिवेशन मात्र सम्पन्न गर्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । 

अघिल्लो केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले संक्षिप्त महाधिवेशनमा छलफल गर्न चाहेका थिए । तर त्यतिबेला उक्त प्रस्ताव सुन्ने मुडमा नेताहरू नभएकोले प्रस्ताव छायाँमा परेको थियो । 

नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन पुस २० गते, क्षेत्रीय अधिवेशन पुस २३ र २४ गते र केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म सम्पन्न गर्ने तयारी भइरहेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

बैठकमा सहभागी नेताहरूले क्रियाशील सदस्यता वितरण, अधिवेशन संचालन प्रक्रिया र समय व्यवस्थापनबारे विभिन्न धारणा राखेका थिए । केही सदस्यहरूले कार्यतालिका समयमै पूरा गर्ने चुनौतीलाई समेत औंल्याएको एक नेताले जानकारी दिए । केही सदस्यहरूले तीन तहको अधिवेशनबाट कार्यतालिकालाई सरल बनाउने पक्षमा विचार व्यक्त गरेका थिए ।

संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन

कांग्रेसमा शेखर समूहले ल्यायो ‘मध्यमार्गी’ प्रस्ताव

Share News