राप्रपाबाट काठमाडौं- २ मा कुन्तीदेवी पोखरेल सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको छ । 

पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रिय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस भएको हो । 

पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ । 

उनी सामाजिक सेवा, महिला सशक्तिकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन् । 

पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रिय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ । 

Share News