काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव बिष्णु कान्त चौधरीले जानकारी दिए ।
लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार रुपैयाँको ९.५ प्रतिशतका दरले १ करोड १६ लाख ३२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ६ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् १ करोड २२ लाख ४४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको कम्पनी सचिव चौधरीले बताए ।
उनका अनुसार उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।