एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आईपीओ जारी गर्ने भएको छ । एनपीआई नारायणी सामुदायिक हस्पिटलले आफ्नो जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँको २० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आईपीओ निष्कासनका लागि सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

सम्झौतामा एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चुडामणि खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको हो ।   

अस्पतालको थप सेवा विस्तारको लागि निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी गराए ।

एनपीआई नारायणी सामुदायिक हस्पिटलको स्थापना विसं २०६३ मा भएको र हाल यसको वार्षिक कारोबार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ । हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् ।

Share News