अमेरिकाले भेनेजुएलाको तट नजिकै अर्को तेल ट्याङ्कर नियन्त्रणमा लियो

काठमाडौं । भेनेजुएलाबाट हालै प्रस्थान गरेको तेल ट्याङ्करलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले जानकारी दिएको छ ।

यो यसै महिनामा दोस्रो पटक हो, जब अमेरिकाले भेनेजुएलाको तट नजिक तेल बोकेर गइरहेको जहाज नियन्त्रणमा लिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलामा आउने–जाने प्रतिबन्धित तेल ट्याङ्करहरूविरुद्ध ‘नाकाबन्दी’ गर्ने आदेश दिएको बताएका थिए ।

भेनेजुएलाले अमेरिकाको यो पछिल्लो कदमको निन्दा गर्दै यसलाई ‘चोरी र अपहरण’ भनेको छ । यसअघि पनि भेनेजुएलाले आफ्ना स्रोतहरू चोर्न खोजेको आरोप अमेरिकामाथि लगाउँदै आएको छ ।

भेनेजुएला सरकारले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्र सुरक्षा परिषद् तथा ‘अन्य बहुपक्षीय निकाय र विश्वभरका सरकारहरू’ समक्ष उजुरी दर्ता गराउने योजना रहेको जनाएको छ ।

Share News