१९ अंकले घट्यो नेप्से, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा कायम भएको छ ।

आइतबार कारोबार रकमको आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

आज एसवाई प्यानल लिमिटेड र १०.२५ प्रतिशत सिटिजन्स बैंक डिवेञ्चरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् ।

१३ उपसमूहमध्ये म्युचल फण्ड बढेको छ भने बाँकी रताम्मे देखिएका छन् । म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ । 

Share News