काठमाडौं । सिवाईसी नेपाल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १३.७६ प्रतिशत अर्थात् ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँ बराबरको बोनस सेयर र ०.६७ प्रतिशत अर्थात् १७ लाख ८९ हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ ।
संस्थाका अनुसार घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।