स्वरोजगार लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १४.२५ प्रतिशत अर्थात् ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशत अर्थात् ९५८ लाख ७९ हजार ४३३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) समावेश छ ।

संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

Share News