मिथिला लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत १४.२५ प्रतिशत अर्थात् ३ करोड १९ लाख १० हजार ४७३ रुपैयाँ ६२ पैसाबराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७५ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ४९८ रुपैयाँ ६१ पैसाबराबरको नगद लाभांश समावेश छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।  

Share News