छिमेक लघुवित्तबाट ३ संस्थापक बाहिरिने, सेयर मूल्य ३९५ देखि ४१० रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाका ३ संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट ३ संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । 

लघुवित्तका अनुसार संस्थापक सेयरधनी एसजी सेक्युरिटिज प्रालि, शिवाङ्गी इन्भेष्टमेन्ट प्रालि र विनिता अधिकारीले कुल १ लाख ७० हजार ८४७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टको समान ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

लघुवित्तका अनुसार एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ र अधिकारीको सेयरको प्रतिकित्ता ४१० रुपैयाँ तोकिएको छ । लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । 

Share News