पुस १० गतेदेखि १२ गतेसम्म एभरेष्ट बैंकका बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडौं । एभरेष्ट बैंकको बैंकिङ सेवाहरू अवरुद्ध हुने भएका छन् । बैंकले आफ्नो कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएकाले केही बैंकिङ सेवाहरू निश्चित समयका लागि अवरुद्ध हुने जनाएको छ ।

बैंकका अनुसार पुस १० गते बिहीबारदेखि पुस १२ गते शनिबारसम्म अनलाइन बैंकिङ, मोबाइल बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरू अवरुद्ध हुने छन् । 

यस्तै, पुस ११ गते शुक्रबार बैंकका शाखा तथा काउन्टरहरु (वीरगन्ज र नेपालगन्ज भन्सारमा रहेका शाखा, आईसीडी तथा आईसीपी, बैंकका एनसीएचएल ईसीसी, एनआरबि आरटिजीएस सेवाहरू पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको छ । 

उक्त समयमा एटीएम तथा कार्ड, कनेक्ट आईपीएस सेवा भने नियमित सुचारु हुने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त समयमा भएका कारोबारहरूको एसएमएस तथा ई-मेल अलर्ट आउने छैनन् । बैंकले प्रणाली स्तरोन्नतिका क्रममा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।

Share News