केन्द्रीय सदस्यहरूलाई टोल सुरक्षा समिति बनाउन ओलीको आदेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औं केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूलाई टोल सुरक्षा समिति बनाउन आदेश दिएका छन्।

उनले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

काठमाडौंमा आयोजित बैठकमा ओलीले ७६ वर्षको अनुभव भएको आफ्नो पार्टीमा सबै उमेर समूह अटाएको दावीसमेत गरे । 

ओलीले युवा, वयस्क र पाका सबै उमेर समूहको साझा पार्टी एमाले मात्रै भएको बताएका छन् । अरूले नारामा जेनजी भन्ने गरे पनि असली जेनजीको पार्टी एमाले भएको दाबी समेत उनको छ ।

Share News