एमालेको सचिवालय बैठक दिउँसो १ बजे च्यासलमा बस्ने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअघि पार्टी सचिवालय बैठक बस्ने भएको छ। बैठक आज (शुक्रबार) दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ।

बैठकमा पदाधिकारी, केन्द्रीय कमिटी संख्या विस्तार प्रस्ताव, साथै मनोनित प्रतिनिधि टुंग्याउनेजस्ता एजेण्डामा महत्वपूर्ण छलफल हुने पार्टी स्रोतले जनाएको छ। 

महाधिवेशन तयारीका अन्तिम चरणका विषयमा समेत सचिवालयले निर्णय गर्ने अपेक्षा गरिएको छ।

Share News