काठमाडौं । नेशनल क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते बिहान साढे १० बजे प्रथम (आर्थिक वर्ष २०८०/८१) र दोस्रो (आर्थिक वर्ष २०८१/८२) वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
यस्तै, सञ्चालकहरूको बैठक भत्ता निर्धारण, २ जना स्वतन्त्र सञ्चालक रहने सञ्चालक समिति गठन र नियमावली संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।