सरकारका १८ निर्णय सार्वजनिक, आर्थिक नियमावली संशोधनदेखि रजकलाई सहिद घोषणा

सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल ।

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख १८ निर्णय सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । आर्थिक प्रशासन तथा वित्तीय पारदर्शिता सुदृढ बनाउने उद्देश्यले नियमावली संशोधन गरिएको मन्त्री खरेलले जानकारी दिए ।

यसबाहेक कोलोम्बो प्लानको नवौं महासचिव पदका लागि कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी सरकारको तर्फबाट स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, तीनकुने घटनामा मृत्यु भएका सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णयसमेत सरकारले गरेको मन्त्री खरेलले जानकारी दिए ।

रजकको मृत्युप्रति संवेदना प्रकट गर्दै सरकारले परिवारलाई आवश्यक सहायताका प्रक्रियाहरू अघि बढाइने दाबीसमेत खरेलले गरे ।

null

null

Share News