बैंकहरूको नाफा साढे १६ अर्ब रुपैयाँ, २ महिनामै ६ बैंकले गरे १ अर्ब बढी

काठमाडौं । २ महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा २० वटा वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

साउन र भदौमा गरी २ महिनाको अवधिमा आधा दर्जन वाणिज्य बैंकले १ अर्ब भन्दा बढी नाफा गरको छन् । बैंकहरुमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमईले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, नबिल बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा गरेका छन् । 

दुई महिनामा लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ, नेपाल बैंकले ८४ करोड २८ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, सानिमा बैंकले ७२ करोड १५ लाख रुपैयाँ, प्रभु बैंकले ६७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले ५८ करोड ९८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५५ करोड ७६ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ, हिमालयन बैंकले ३७ करोड ७ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा गरेका छन् । 

null

Share News