११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ।

सन् २०१४ मा सुरु भएको यस कम्पनीले एसईओ ९सर्च इन्जिन अप्टिमाइजेसन०, वेब डिजाइन र डेभलपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अगमेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टजस्ता आधुनिक सेवा प्रदान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ ।

कम्पनीले नेपालमै मात्र नभई विदेशका व्यवसाय र संस्थाहरुसम्म सेवा पुर्याउँदै प्राविधिक दक्षता र ग्राहक विश्वासलाई प्रमुख आधार बनाएको कम्पनीको दाबी छ । 

यस यात्रामा अल्ट्राबाइटले विभिन्न व्यवसायिक वेबसाइट, अनलाइन समाचार पोर्टल र संस्थागत प्लेटफर्म तयार गरी सूचना प्रविधि क्षेत्रको विश्वसनीय नामको रुपमा आफूलाई स्थापित गरेको छ ।

कम्पनीले विकास गरेको अल्फाओक्टो डट कम निकै प्रभावकारी र लोकप्रिय छ । यो एउटा नवीनतम बिजनेश अटोमेशन सिस्टम हो । यो एउटा डिजिटल प्लेटफर्म हो जसले सीआरएम, एचआर म्यानेजमेन्ट, लिड म्यानेजमेन्ट सिस्टम, अपोइन्टमेन्ट सिस्टमजस्ता सुविधा प्रदान गर्छ ।

यसले विभिन्न स्रोतबाट डेटा संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि एसएमएस, इमेल र टेलिमार्केटिङमार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ ।छोटकरीमा अल्फाओक्टो व्यवसायको लागि सम्पूर्ण डेटा, सीआरएम र मार्केटिङ समाधान हो । 

कम्पनीले यस प्रडक्टमा विशेष अफर समेत ल्याएको छ । ११ औं स्थापना दिवसको अवसरमा १२ महिनाको लागि १३ ग्राहकको लागि नि: शुल्क दिने जनाएको छ । अफरमा सहभागी जनाउन सकिने कम्पनीले जनाएको छ ।

स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक वर्ग, कर्मचारी तथा सरोकारवाला निकायहरूमा हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराईले आगामी दिनमा सेवा र सुविधाहरूमा नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी कम्पनीले ग्राहक र सेवा प्रयोगकर्ताहरूको आवश्यकता तथा उद्देश्यलाई मध्यनजर राखेर नयाँ प्रोडक्टहरूको विकासमा जोड दिने जनाएको छ । प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो र उत्कृष्ट कम्पनीको रूपमा आफूलाई स्थापित गर्ने दृढ संकल्पसहित सबै सरोकारवालाप्रति कम्पनीले आफ्नो कृतज्ञता प्रकट गरेको छ ।

Share News