काठमाडौं । बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ । बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनालले जानकारी दिए ।
उनका अनुसार बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै काट्न सकिनेछ ।
‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुनछ,’ उनले भने ।
हवाई टिकट काट्दा पाँच सयसम्म क्यास ब्याक
मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बससेवाका सीइओ खनालका अनुसार क्यास ब्याकको अफर मंसिर महिनसम्म रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेबसाइटबाट लिन सक्नेछन् ।
बससेवाबाट टिकट काट्ने पाँचजनालाई खसी उपहार
बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहारसमेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो ।
सय जनालाई फ्री बस टिकट
बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःशुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।