हितेन्द्रले फेसबुकबाटै दिए ऊर्जामन्त्री कुलमानलाई बधाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नव नियुक्त ऊर्जामन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् ।

शाक्यले मंगलबार दिउँसो आफ्नै फेसबुकमार्फत विभागीय मन्त्रालयको जिम्मेवारी पाएका घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

फेसबुकमा शाक्यले लेखेका छन्, 'ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।' 

 

Share News