काठमाडौं । प्रदर्शनकारीले बैंकमा पनि तोडफोड गर्न थालेका छन् । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकको शाखामा तोडफोड र आगजनी बैंक भएको सुनिएको बताए । उनका अनुसार कर्मचारी भने सो शाखामा छैनन् ।
उनका अनुसार बैंकको तराईतिर पनि तोडफोड भएको छ ।