फ्लाइट र बस टिकटमा कनेक्टआईपीएसमार्फत भुक्तानी गर्दा क्यासब्याक र छुट

काठमाडौं । चाडपर्वको अवसरलाई लक्षित गर्दै कनेक्टआईपीएसले फ्लाइट र बस टिकट भुक्तानीमा ‘शुभ लाभ अफर’ सार्वजनिक गरेको छ । यसअन्तर्गत भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म कनेक्टआईपीएसमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले आकर्षक क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्स तथा बस सेवा ट्राभल एण्ड टुरमार्फत उपलब्ध टिकट भुक्तानीमा लागू हुनेछ ।

अफर अनुसार बुद्ध एयरको टिकट किनेपछि कनेक्टआईपीएसमार्फत भुक्तानी गर्दा ग्राहकले १०१ रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै ५ भाग्यशाली जोडीलाई माउन्टेन फ्लाईट जित्ने अवसर प्राप्त हुनेछ ।

श्री एयरलाइन्स को टिकट भुक्तानीमा ग्राहकलाई ५०१ रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ ।

यति एयरलाइन्स को टिकटमा विशेष प्रोमो कोड "YTCIPS300" प्रयोग गर्दा ३०० रुपैयाँ छुट पाउने सुविधा रहेको छ । साथै १० भाग्यशाली जोडीलाई माउन्टेन फ्लाईट जित्ने अवसर दिइनेछ ।

बस सेवा ट्राभल एण्ड टुर मार्फत टिकट खरिद गरी कनेक्टआईपीएसबाट भुक्तानी गर्ने पहिलो १ हजार ग्राहकलाई ५१ रुपैयाँ क्यासब्याक दिइनेछ ।

यी अफरहरूमा प्रति बैंक खाताबाट एक पटक मात्र क्यासब्याक प्राप्त गर्न सकिनेछ।

हाल कनेक्टआईपीएसमार्फत ५२ वटा बैंक तथा वित्तीय संस्थाका ग्राहकले सजिलै फण्ड ट्रान्स्फरसहित विभिन्न भुक्तानी गर्न सक्ने सुविधा पाउँछन् ।

Share News