सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्र

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारबाट बन्द गर्ने निर्णय गरेको हो ।

आज सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्स (पूरानो ट्वीटर)लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द हुने भएका हुन् ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आजबाट क्रमश: बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।

सर्वोच्च अदालतले पनि बुधबार एक परमादेश जारी गर्दै सामाजिक सञ्जाल तथा ओटीटी प्लेटफर्महरू नेपालमा दर्ता नभए बन्द गर्न भनेको थियो ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिए पनि सामाजिक सञ्जालहरूलाई वेवास्ता गरेका थिए । त्यसपछि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकार पुगेको हो । 

नेपालमा हालसम्म भाइबर, टिकटक, विटक, निम्बज र पोपोलाइन मात्र दर्ता भएका छन् ।

null

Share News