नेपाल टेक मार्केटको नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक

काठमाण्डौं । नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ । यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य रहेको टेक मार्केटले जनाएको छ ।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार यो प्रणालीलाई प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ । 

यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ । 

प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।

फोहोर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू भनेको, फोहोर व्यवस्थापनमा काम गर्ने हुने संस्थाहरू, फोहोर उत्पादन गर्ने घरायसी बासीहरू, व्यवसायहरू जस्तै हस्पिटल, होटल, स्कुल, सरकारी संस्थाहरू आदि हुन् । 

यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ । 

फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ-साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ । नगरपालिकाका यूजरबाट आफ्नो नगररवडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ ।

डिलाइट सोलुसन्सद्वारा सञ्चालित नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । 

उनले यस प्रणालीमा एआईको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे । 

नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्छ । यसका प्रमुख सेवाहरूमा वेब र मोबाइल अनुप्रयोग विकास, हार्डवेयर उपकरण, डोमेन दर्ता र वेब होस्टिङ र आईटी तालिम रहेका छन् । 

यसबाहेक कम्पनीले ग्राहकको मागअनुसार अनुकूलित सफ्टवेयर विकास, वित्तीय तथ्यांक व्यवस्थापन र भुक्तानी गेटवे एकीकरण जस्ता विशेष सेवाहरू पनि प्रदान गर्दै आएको छ।
 

Share News