१६ लाख भ्रष्टाचार मुद्दामा सुनिल पौडेल धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो । 

उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।

यद्यपि यसअघि दर्ता भएका अन्य भ्रष्टाचारसम्बन्धी मुद्दामा भने पौडेललाई थुनामा पठाउन अदालतले आदेश गरिसकेको छ।

यसरी विभिन्न प्रकरणमा पटक–पटक अदालत धाउनुपरेको पौडेलको मुद्दा पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रकै ठूलो विवाद बनेको छ।

Share News