काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले रिचार्ज कार्डको समयावधि (एक्सपाइरी डेट) बढाएको छ । कम्पनीले नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भएता पनि सिस्टमबाट थप गरिएको जनाएको छ ।
कम्पनीका अनुसार २ सय रुपैयाँ मूल्य भएका नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भइसकेको छ । तर, उक्त रिचार्ज कार्डहरूको समयावधि कम्पनीको सिस्टमबाटै थप गरिएको कम्पनीले जनाएको हो ।
थप गरिएको समयसम्ममा उक्त रिचार्ज कार्डहरू प्रयोगमा ल्याई यस कम्पनीको सेवाहरू रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार १११७०१००८२०४७००१ देखि १११७०१००८२०६०००० सम्म, १११६०८०३२४१२०२०१ देखि १११६०८०३२४२००००० सम्म, १११६०६००५०२००००१ देखि १११६०६००५०२२००००सम्म, १११६०६००५०२४१२०१ देखि १११६०६००५०२५०००० सम्म, १११६०६००५०२५०६०१ देखि १११६०६००५०२५६००० सम्म, १११६०६००५०२५७६०१ देखि १११६०६००५०२६०००० सम्म, १११६०६००५०३२६८०१ देखि १११६०६००५०३४०००० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको समयावधि थप गरिएको हो ।
यस्तै, १११७०१००९१८०१००१ देखि १११७०१००९१८२०००० सम्म, १११७०१००९१८४०००१ देखि १११७०१००९२३००००० सम्म, ११२१०५००१०२६८६०१ देखि ११२१०५००१०२८०००० सम्म, ११२१०५००१०२४७४०१ देखि ११२१०५००१०२६८४०० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।