एससीटी यूनीयनपे कार्डबाट मोबाइल वालेटमा सजिलै रकम लोड गर्न सकिने

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले अब आफ्नो यूनीयनपे कार्डबाट नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने सेवा सुरु गरेको छ ।

एससीटीले जारी गरेको सूचनाअनुसार, यस सुविधा मार्फत ग्राहकहरूले इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा आफ्नो यूनीयन पे कार्डबाट सिधै रकम पठाउन सक्नेछन् । यो सेवा नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध सम्पूर्ण वालेट र मर्चेन्ट एप्लिकेशनहरूमार्फत उपलब्ध हुनेछ।

नयाँ सुविधा मार्फत ग्राहकहरूले अब पीओएस मात्र होइन, डिजिटल वालेटमार्फत इ(कमर्स भुक्तानी, एयरलाइन टिकट खरिद र अन्य डिजिटल भुक्तानीहरू अझ सहज तरिकाले गर्न सक्नेछन् ।

Share News