भदौमा थप घट्यो बैंकको ब्याजदर, १३ बैंकले स्थिर राख्दा संस्थागतको २.७५ प्रतिशतमा झर्याे

काठमाडौं । वाणिज्य बैंकहरुको भदौमा पनि ब्याजदर घटेको छ । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । 

भदौ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रपतशतमा झरेको छ । जबकी साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर थियो । 

यस्तै, मुद्दती निक्षेपमा भदौमा संस्थागततर्फ औसत ०.१५ प्रतिशत घटेर ३.९६ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ४.११ प्रतिशत ब्याजदर थियो । 

भदौ महिनाका लागि विभिन्न ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् । 

कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२० प्रतिशत घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । 

कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ । 

नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
null

Share News