काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्रै फाइभजी लञ्ज हुने बताएका छन् ।
उनले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
गुरुङका अनुसार काठमाडौं र पोखरामा पहिलो चरणमा फाइभजी सार्वजनिक हुनेछ । २ हजार ६०० मेगाहर्ज स्पेक्ट्रममा फाइभजी लञ्च हुन लागेको हो ।