काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा साढे २१ अर्ब रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको वितरणयोग्य नाफा २१ अर्ब ६७ करोड ९८ लाख २१ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष बैंकहरूको वितरणयोग्य नाफा ९ अर्ब ३६ करोड ४९ लाख १६ हजार रुपैयाँ ऋणात्मक थियो ।
गत वर्ष १६ बैंकको वितरणयोग्य नाफा धनात्मक भएपनि ४ बैंकको भने ऋणात्मक छ । समीक्षा वर्षमा नबिल बैंकको ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकको १४ करोड ५१ लाख ८ हजार रुपैयाँ, एभरेष्ट बैंकको ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।्
यस्तै, कृषि विकास बैंकको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ५३ लाख ७२ हजार रुपैयाँ, प्राइम बैंकको २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ, एनएमबि बैंकको १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको तथ्याङ्क छ ।
यस्तै, सानिमा बैंकको २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको १ अर्ब २३ करोड ३ लाख ५७ हजार रुपैयाँ, सिटिजन्स बैंकको ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।्
तर, गत वर्ष हिमालयन बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । समीक्षा वर्षमा हिमालयन बैंकको ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ, नेपाल बैंकको ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ, कुमारी बैंकको २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ५ अर्ब २१ करोड १५ लाख २२ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।
कुन बैंकको कति लाभांश क्षमता ?
सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको देखिन्छ । एभरेष्ट बैंकको लाभांश क्षमता ३८.३७ प्रतिशत रहेको छ । यस्तै, सानिमा बैंकको २०.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, एनएमबि बैंकको १८.४ प्रतिशत, नबिल बैंकको १७.६४ प्रतिशत, प्राइम बैंकको १४.३३ प्रतिशत लाभांश क्षमता रहेको छ ।
ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.३४ प्रतिशत, नेपाल एसबिआई बैंकको ११.२९ प्रतिशत लाभांश क्षमता रहेको छ ।
यस्तै, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, सिटिजन्स बैंकको ५.२५ प्रतिशत, प्रभु बैंकको ४.४४ राष्ट्रिय वाणिज्य बैंकको १.९४ प्रतिशत, एनआईएमबिको १.४४ प्रतिशत लाभांश क्षमता छ ।