काठमाडौं । ह्याट्सएप रुसले आफ्ना सेवाहरू रोक्ने प्रयास गरिरहेको जनाएको छ । उसले आफ्ना प्रयोगकर्ताहरूलाई सुरक्षित सञ्चारको सुविधा प्रदान गरेको भन्दै सेवा रोक्ने प्रयास गरेको जनाएको हो ।
कम्पनीले रुससहित संसारभरका प्रयोगकर्ताहरूका लागि इन्क्रिप्टेड सेवाहरू उपलब्ध गराउने हरसम्भव प्रयास जारी राख्ने जनाएको छ ।
कम्पनीका अनुसार युक्रेनमाथि आक्रमणपछि रुसले कडा कानुन लागू गरेको छ, जसअन्तर्गत युद्धको आलोचना गर्ने मानिसलाई जेल हालिन सक्छ । यस्तो अवस्थामा ह्वाट्सएप एउटा महत्त्वपूर्ण सञ्चारमाध्यम बनेको छ ।
बुधबार रुसी अधिकारीहरूले ह्वाट्सएप र टेलिग्राममा भ्वाइस कल रोक लगाउने घोषणा गरेका छन् ।
रुसी अधिकारीहरूको भनाइमा यी सेवाहरूको प्रयोग ठगी, जबरजस्ती रकम असुल्न र रुसी नागरिकहरूलाई हिंसात्मक गतिविधिमा संलग्न गराउन भइरहेको छ ।