काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले नेपालको प्रमुख ई-कमर्स प्लेटफर्म, दराजसँगको सहकार्यमा ‘महाबचत बजार’ अभियानमा आफ्नो सहभागिता जनाएको छ ।
यो अभियान साउन २ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । यस सहकार्यमार्फत भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउँदै नेपालभरका ग्राहकमाझ आफ्ना नवीन प्रविधिहरूमा सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस अभियानअन्तर्गत भिभोले विभिन्न रोमाञ्चक अफरहरू ल्याएको छ । अभियानको मेगा उपहारस्वरूप, एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा रहेको भिभोको ब्रान्डिङ देखेर त्यसलाई सामाजिक सञ्जालमा ट्याग गर्दा ‘भिभो V50 Lite’ जित्ने मौका पाउनेछन् ।
साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र रु. ८४८ मा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोनहरूको खरिदमा १० हजार रुपैयाँ सम्मको छुट कुपनसमेत प्राप्त गर्न सकिनेछ । यो अफर, आफ्नो फोन अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि एक उत्तम अवसर हो ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, ‘दराजसँगको यो साझेदारीले ग्राहकहरूलाई उत्तम मूल्य र सुविधा प्रदान गर्ने हाम्रो साझा लक्ष्यलाई पूरा गर्छ । यसले हामीलाई फराकिलो दर्शकमाझ पुग्न र डिजिटल उपभोक्ताहरूसँग अझ अर्थपूर्ण रूपमा जोडिन सक्षम बनाएको छ ।’
यो सहकार्यले ग्राहकहरूलाई असाधारण मूल्य मात्र प्रदान गरेको छैन, नेपालमा भिभोको डिजिटल वृद्धि यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गासमेत सावित भएको छ । आकर्षक अफरहरूलाई अन्तरक्रियात्मक सहभागितासँग जोडेर भिभोले आफूलाई एक ग्राहक-केन्द्रित ब्रान्डको रूपमा स्थापित गर्दैछ ।
साथै, दराजजस्तो नेपालको अग्रणी अनलाइन प्लेटफर्ममार्फत आफ्ना नवीनतम प्रविधिहरू देशको हरेक कुनासम्म पुर्याउन प्रतिबद्ध रहेको देखाएको छ ।