सफाइमा नवप्रवर्तन : नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथनबाट उत्कृष्ट तीन टोली पुरस्कृत

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथन काठमाडौंमा सम्पन्न भएको छ ।

एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । तीन उत्कृष्ट नवप्रवर्तन टोलीलाई सम्मान गर्दै सफलतापूर्वक सम्पन्न भएको हो ।

फोहोर व्यवस्थापनमा प्रविधिमैत्री समाधान प्रस्तुत गर्ने युवाहरूको सृजनशीलता एकै थलोमा आएको थियो ।

४०० भन्दा बढी आवेदनमध्येबाट छनौट गरिएका १३ उत्कृष्ट टोलीहरूले स्मार्ट सोलुसन्समार्फत फोहोरसँग जोडिएका सामाजिक, वातावरणीय र आर्थिक चुनौतीहरूको समाधान पेस गरे । 

ह्याकाथनको मुख्य उद्देश्य सर्कुलर इनोभेसनलाई प्रवद्र्धन गर्नु र स्थानीय समस्यामा आधारित व्यवहारिक समाधान पहिचान गर्नु थियो ।

प्रथम स्थान थापाथली क्याम्पसको टिम ‘ईकोलुप’ ले ओगट्न सफल भएको छ भने दोस्रो स्थान किङ्स कलेजको ‘फुलस्ट्याकजिरोवेस्ट’ले ओगट्यो । यसैगरी, तेस्रो स्थानमा काठमाडौं विश्वविद्यालयको टिम ‘सोर्स कोड’ रह्यो ।

वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले समापन समारोहमा ह्याकाथनप्रति प्रशंसा गर्दै फोहोर व्यवस्थापन अब केवल वातावरणीय विषय नभई सामाजिक र आर्थिक अवसर पनि रहेको बताए । 

ह्याकाथनमा सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण, सामुदायिक कम्पोस्टिङ, पुनःप्रयोग प्रविधि र डेटा(ड्राइभन ट्र्याकिङ प्रणालीजस्ता विषयमा सशक्त प्रोटोटाइप प्रस्तुत गरेका थिए । 

विजेता तीन टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्ने एनसेलले जनाएको छ । साथै खालीसिसि, बुढानीलकण्ठ नगरपालिका र पाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहकार्यमा पाइलट योजनाहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

गोल्यान समूहको सह–आयोजनामा सम्पन्न कार्यक्रममा प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, लगायतका संस्थाहरूले साथ दिएका थिए ।

एनसेल फाउन्डेसनले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै १ करोड ३० लाखभन्दा बढी नेपालीको जीवनमा प्रभाव पारेको छ।

null

Share News