इन्फिनिक्स हट फिफ्टी प्रो प्लस नेपालमा सार्वजनिक

काठमाडौं ।  स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रिमियम शोस्टपर हट फिफ्टी प्रो प्लस नेपालमा सार्वजनिक गरेको छ । जसको मूल्य २५ हजार ९९९ रुपैयाँ रहेको छ।

यो ६.८ एमएम स्लिमएड्ज डिजाइनमा आएको सुन्दर फोनमा थ्रीडी कभ्र्ड १२० एचजेड एमोल्ड डिस्प्ले, हेलियो जी १०० प्रोसेस र ५ वर्षको टीयूभी सर्टिफाइड पर्फर्मन्स फ्लुन्सी रहेको छ । जेबीएलको साउन्ड प्रणाली, डुअल स्पिकर र लग्जरी डिजाइनले यो फोनलाई केवल स्मार्टफोन मात्र होइन, एक लाइफस्टाइल स्टेटमेन्ट बनाएको छ ।

यसमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज, ५० एमपी डुअल एआई क्यामेरा‌, १३ एमपी सेल्फी क्यामेरा, ३३ वाटको फास्टचार्जसँग ५ हजार एमएएच ब्याट्री र जेबीएलको साउन्ड भएको दुई स्पिकर रहेका छन् ।

स्मार्टफोन स्लिक ब्ल्याक, टाइटानियम ग्रे र ड्रीमी पर्पल रंगहरूमा उपलब्ध छ ।

यो नेपालभरका स्टोरहरू र अनलाइनमा उपलब्ध भइसकेको छ । सन् २०१३ मा स्थापित इन्फिनिक्सले आजको युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि, ट्रेन्डी डिजाइन र सुलभ मूल्यमा शक्तिशाली स्मार्ट उपकरणहरू प्रदान गर्दै आएको छ ।

Share News